पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए । यादव राजनीतिमा आउनुअघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतलेउनी राजनीतिमा आएका हुन् । नयाँ पत्रिकाबाट