एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्कड्ले आफू डिप्रेसनमा रहेको खुलासा गरेकी छिन् । उनले शुक्रबार इन्स्टाग्राममार्फत सोको खुलासा गरेकी हुन् ।
उनले संसारका नकारात्मक मानिसहरूले सफलतापूर्वक आफूलाई आफ्नो जीवनका खत्तम दिनहरू दिएका कारण डिप्रेसनमा पुगेको उल्लेख गरेकी छन् ।
नेहाको हालै प्रेमी हिमाशं खोलीसँग प्रेमसम्बन्ध विच्छेद भएको थियो । उनले कठिन समयसँग जुधिरहेकाले आफूलाई खुशीसाथ बाँच्न दिन अपिल गरेकी छन् ।
ब्रेकअपका कारण नेहा केहि समय इन्डियन आइडलको कार्यक्रममै रोइएकी थिइन् । भारतीय संचारमाध्यका अनुसार नेहा हाल अत्याधिक पीडामा छिन् ।
नेहाले आफ्नो इन्स्टाग्राममा यस्तो लेखेकी छन्– ‘म स्पष्ट पार्न चाहन्छु । यो एक वा दुई जनाको कारण नभइ सारा संसारका कारण भएको हो । उनीहरूले मलाई खुशीसाथ व्यक्तिगत जीवन बाँच्न दिइरहेका छैनन् । म र मेरो कामलाई माया गर्ने सबैप्रति कृतज्ञ छु । तर मलाई के भइरहेको छ भन्ने नबुझि मेरा बारेमा जथाभावी टिप्पणी गर्ने र धारणा बनाउनेहरूलाई म मलाई खुशीसँग बाँच्न दिन आग्रह गर्दछु । कृपया कुरा नबुझी निर्णायक मत नराख्न म याचना गर्दछु । कृपया मलाई जिउन दिनुहोस् ।
केही समय पहिले इन्डियन आइडलमा नै रोएपछि नेहाले म सेलेब्रेटी भएकाले यस्तो लेख्नु उचित नभएको तर एउटा मानिसका रूपमा आज अति नै भयो, त्यसैले मैले आफ्नो भावनाहरू नियन्त्रण गर्न सकिन भनेकी थिइन् ।
यसका साथै नेहाले सेलेब्रेटीहरूको दुईवटा अनुहार हुने भएकाले व्यक्तिगत जीवन जति नै खराब चलेपनि व्यवसायिक जीवनमा हाँसिरहेको पाउने बताएकी थिइन् ।