तेस्रो संकरणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको काठमाण्डुमा खेलाडी खरिद बिक्री (अक्सन)जारी छ ।
माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डु गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन् । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् ।
यी हुन् टिमले हालसम्म खरिद गरेका खेलाडीहरुः
विराटनगर किंग्स
कुशल भुर्तेल– १ लाख ६० हजार
अर्जुन अधिकारी– ३० हजार
किशोर महतो– १ लाख
मोहम्मद सांम्सद शेख– ७५ हजार
राजेश पुलामी मगर– ७५ हजार
महेन्द्रनगर यूनाइटेड
अविनाश बोहरा– १ लाख ७० हजार
आरिफ सेख– २ लाख ५० हजार
अमरसिंह रौटेला– १ लाख २० हजार
धनगढी स्टार्स
दीपेश श्रेष्ठ– ८० हजार
सौरभ खनाल– १ लाख ६० हजार
विपिन खत्री– ९५ हजार
हरिबहादुर चौहान– ९५ हजार
अमित श्रेष्ठ– १ लाख ८० हजार
रुपेन्देही च्यालेन्जर्स
ललितसिंह भण्डारी– २ लाख ५० हजार
प्रदीप ऐरी– २ लाख ४० हजार
पुरन विक– ४० हजार
सन्दीप सुनार– १ लाख १० हजार
अनिल खरेल– ३० हजार
सुमित महर्जन– ७५ हजार
विनोद भण्डारी– २ लाख ५० हजार
कृष्ण कार्की– १ लाख
काठमाण्डु गोल्डेन्स
विक्रम भुषाल– १ लाख ६० हजार
अविनव यादव– ३० हजार
रासिद खान– १ लाख ७० हजार
सिवाइसी अत्तरिया
जितेन्द्रसिंह ठकुरी– ७५ हजार
दीपेन्द्र रावत– ३० हजार
भुवन कार्की– २ लाख १० हजार