उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सञ्चालित दुईदिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले ग्रामीण भेगमा लुकेर रहेका समस्या र सम्भावनाहरुको उजागर गर्न स्थानीय तहमा पत्रकारिताको आवश्यकता रहेकोमा जोड दिइन् । उनले जिल्लाको पत्रकारिता क्षेत्रको विकासको लागि मिडिया सोसाईटी र पत्रकार महासंघसँगको सहकार्यलाई गाउँपालिकाले जोड दिएको समेत बताएकी छिन् ।
कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले संघीय संरचना अनुसार हरेक स्थानीय तहमा पत्रकारिताको पहुँच बढाउनका लागि महासंघले अभियान सञ्चालन गरेको बताउँदै नयाँ पत्रकार उत्पादनमा तालिम सहयोगी बन्ने अपेक्षा व्यक्त गरेका छन् । तालिमका सहभागी गुन पुन र कृष्णकला सुवेदीले स्थानीयस्तरमा हुने गतिविधि र घटनाहरुलाई सञ्चारमाध्यममा पु¥याउनका लागि तालिमले रचनात्मक सहयोग पुग्ने बताउँदै पत्रकारितार्फ लाग्न तालिमले प्रेरणा मिलेको अनुभव सुनाए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलिजा, मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र महासंघका जिल्ला अध्यक्ष शर्माले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । ग्रामीण पत्रकारिताको विकासमा टेवा पु¥याउने गरी आयोजित तालिममा आर्थिक सहयोग गरेकोमा मिडिया सोसाइटीले गाउँपालिकालाई धन्यवाद–पत्र समेत प्रदान गरेको थियो । तालिममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का, गण्डकी प्रदेश सदस्य सन्तोष गौतम, शाखा उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, सचिव गोरखनाथ सुवेदी, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव अमित विश्वकर्माले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम सोसाईटीका अध्यक्ष खत्रीको अध्यक्षता र सचिव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । बिहीबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गाउँपालिकाको प्रगति अबस्थाबारे जानकारी गराउँदै राज्यको निगरानी, सुशासन, जनताको अधिकार र सूचना पाउने अधिकारको सुनिश्चितताका लागि सेवा प्रवाहलाई सरलीकरण बनाउन लागिपरेको बताएका थिए ।
Previous Articleकतिमा बिक्लान नेपाली क्रिकेटर, डिपिएल अक्सन शनिबार हुँदै
Next Article सुझाव सङ्कलन गर्दै गण्डकी प्रदेश