म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित प्रथम गण्डकी प्रदेशस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता अन्तर्गत छात्रा भलिबल प्रतियोगिताको उपाधि टप्स मावि पोखराले हात पारेको छ । क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको बुधबार क्याम्पसमा सम्पन्न फाइनल खेलमा टप्स मावि पोखराले माउण्ट एभरेष्ट आवासीय मावि बेनीलाई पराजित गरी उपाधि जितेको हो ।
निकै रोचक र घम्साघम्सी रुपमा भएको फाइनल खेलमा टप्स मावि पोखराले माउण्टलाई एकका विरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जितेको आयोजकले जनाएका छन् । उपाधि जितेसँगै टप्स मावि पोखरालाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता माउण्ट एभरेष्ट आमाविलाई १५ हजार, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
यसैगरी सेमीफाइनलबाट बाहिरिएका छात्र तथा छात्रा टिमलाई नगद आठ–आठहजार रुपैयाँ पुरस्कार प्रदान गरिएको स्ववियु सदस्य रश्मी रोकामगरले जानकारी दिएकी छिन् ।
Previous Articleम्याग्दी क्याम्पसले मनायो २८औं वार्षिकोत्सव
Next Article मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला