तातोपानी कुण्डलाई व्यवस्थापनका लागि भाडामा दिने विषयमा आइतबार स्थानीयबासिन्दासँग अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । बेनी नगरपालिका तथा वडा कार्यालय, तातोपानी कुण्ड व्यवस्थापन समिति, मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति (आइईसी) र स्थानीयसँग अन्तत्र्रिmया एवं छलफल गरिएको हो ।
कार्यक्रममा पूर्व सांसद रेशमबहादुर बानियाँले तातोपानी कुण्डलाई नयाँ व्यवस्थापनका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताउँदै संविधान जारी भई सङ्घीयता कार्यान्वयन भैसकेको अवस्थामा अब स्थानीय सरकारले व्यवस्थित बनाएर अघि बढाउनुपर्ने बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय स्रोतसाधनको व्यवस्थापन र सञ्चालनमा सहयोगको आवश्यकता रहेको भन्दै तातोपानी कुण्डलाई थप व्यवस्थित बनाइने बताएका छन्।
मोना आइईसीका संरक्षक योगेन क्षत्रीले तातोपानी कुण्डमा थप पूर्वाधार र संरचनाको विकास गरी कुण्डलाई अगाडि बढाउन तथा कुण्ड आसपासका क्षेत्रमा अन्य भौतिक संरचनाको विकासका लागि आफूहरुले छलफल अगाडि बढाएको बताएका थिए । कार्यक्रममा बेनपा–४, का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, पत्रकार घनश्याम खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए । स्थानीयवासीले समेत कुण्डको विषयमा बोलेका थिए ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता र सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापा, वडा अध्यक्षहरु, स्थानीयवासी, पत्रकारसहितको उपस्थिति रहेको थियो । मोना आइईसीले तातोपानी कुण्डलाई व्यवस्थापनका साथै भाडामा लिएर चलाउने आग्रह गरेसँगै कुण्डका विषयमा सामाजिक सञ्जालसहित पछिल्लो समय सर्वत्र चर्चा भैरहेको छ ।
Previous Articleआजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदै
Next Article लिटिल गार्डेन मिनी म्याराथुन प्रतियोगिता