पुर्ण विश्वकर्मा
ओमन मस्कट / तामाङ समाज ओमानले सोनाम ल्होछार पर्व भव्य रुपमा मनाउने भएको छ । तामाङ जातीको संस्कृतिलाई प्रवासमा समेत प्रचार र रक्षा गर्ने उद्देश्यले ओमनमा स्थापना भएको तामाङ समाज ओमनले सोनाम ल्होछारको अवसर पारेर फेब्रुवरी ८ तारिखका दिन मस्कट स्थित रुबिको अलमासा हलमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
राष्ट्रिय कलकारहरू तथा चर्चित गायक सुरज थापा र गायिका मिङ्स लामाको वेजोड प्रस्तुतीका साथ साथै स्थानीय कलाकारहरूको पनि उत्तिकै उत्कृष्ट प्रस्तुतीहरू रहने उक्त कार्यक्रम शैक्षिक कोश अन्तरगत बिकट गाउँको बिद्यालयलाई सहयोग पुराउने उद्देश्य रहेको अध्यक्ष तेजबहादुर तमाङले बताए ।
मितिः- ८ फेब्रुअरी २०१९
समयः- दिनको ११ बजे
स्थानः- अलमासा हल ,रूवी, मस्कट
टिकेटः- ५ रियाल
पुनश्चः उक्त दिन हलमै नेपाली खानाको ब्यवस्था गरिएको छ ।
सम्पर्कः
तेजबहादुर तमाङ (९४०९५०२५)
पासाङ तमाङ (९७०२६८०७)
विरोज तमाङ( ९६०५७१६२)