हाम्रो समाजमा तमु भनेको गुरुङ जाति हो भन्ने प्रष्ट छ । यसले के पनि देखाउँछ भने आजको दिन अर्थात् गुरुङहरुको ल्होसार हो । नेपालमा मनाइने ल्होसार एउटा निकै फरक पर्व भन्दा पनि हुन्छ । यो किन हो भने चाइनीज पात्रो अनुसार वर्षमा तीन वटा ल्होसार मनाइन्छ । ग्याल्बो ल्होसार, सोनाम ल्होसार र तमु ल्होसार । यीनै तीन मध्येको एक हो आजको तमु ल्होसार । चाइनिज ज्योतिषशास्त्रका अनुसार मानिने १२ महिना जनावरको नामबाट नामांकन गरिएको छ अर्थात् महिनाहरु मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । तीव्बती समूदायको बोद्धार्गी, बर्मेलीहरुले मनाउने अरु पर्व पनि छन् भने तमु समुदायले ल्होसार मनाउँछन् ।
अबको केही दिन पछि विश्वले सन २०१९ लाई स्वागत गर्दै छ तर गुरुङ समुदायले आजैबाट आफ्नो नयाँ वर्षलाई स्वागत गर्दै छन् । ल्होसार भनेको नयाँ वर्ष भन्ने अर्थ लगाइन्छ र आजको दिनलाई ल्होसार पर्व अर्थात् नयाँ वर्षको उत्सवको रुपमा पनि रहेको छ । सबै चाड र पर्वहरुको आ–आफ्नै महत्व हुन्छ नै । त्यस्तै छुट्टै पहिचान बोकेको एउटाउत्सव मध्येको एक हो तमु ल्होसार । यस दिनले मानव जीवनशैली अनि मौसम र प्रकृतिको निकटतालाई प्रतिविम्बित पनि गरेको छ । कतै तमु, कतै ग्याल्बो, कतै सोनाम बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उद्देश्य छ, नयाँ बर्षको स्वागत गर्ने नै हो ।
हामीले स्मरण गर्न आवश्यक यो छ कि आजको यो ल्होसार नेपालमा मात्र नभई चीनको स्वसासीत क्षेत्र तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ । यसलाई चराचुरुङ्गी तथा जनावरको नामबाट लिइने महिना तथा वर्षहरु कहिले चराको, कहिले कुकुरको र खरायो अनि अन्य विभिन्न जनावर तथा पंक्षीको पनि महत्व पनि छ । संस्कार, सभ्यता अनि हिन्दू र वौद्ध संस्कारको अनुपम समिश्रण रहेको तमु समुदायले मनाउने चाडपर्व पनि निकै महत्वपूर्ण छ । तिब्बतीयन धर्म बोनपो र बुद्ध धर्मको पनि समिश्रण भएको जस्तो लाग्न भए पनि तमु समुदाय आफैमा फरक समुदाय हो । तमु ल्होसारको शुभकामना ।