प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफलपार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रिय भएको बताउँदै नेपालीहरुको एकताले त्यस्ता तत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख स्मरण गराएका छन् । “हामी लामो समय राजनीतिक हक अधिकार प्राप्तीको संघर्षमा होमिनु पर्दा देशले विकासको गति लिन सकेन । जनताले अभाव, अशिक्षा र गरिबी भोग्नु प¥यो,”प्रधानमन्त्रीले भनका छन्, “मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं । सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समाता मुलक समाज हाम्रो एक मात्र लक्ष्य हो ।”