पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको बेशीमा सोमबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गरेकी हुन् ।
अध्यक्ष पुनले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको पहुँच विस्तारमा गाउँपालिकाले प्राथमिकता दिएको बताइन् । मोनाका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, अध्यक्ष चक्र थापा र एनआरएनए न्युजिल्याडका अध्यक्ष कमल वाइवाले ग्रामीण क्षेत्रका बासिन्दाको सुविधाका लागि शिविर सञ्चालन गरिएको जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन मराङ, मल्कबाङ, विम, ताकम र खिबाङका ९४ जनाले सेवा लिएका वडा अध्यक्ष राजाराम सुवेदीले बताए । त्रि.वि. शिक्षण अस्पतालका दन्त प्राविधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिएका छन् ।
Previous Articleम्याग्दीमा आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु
Next Article लभ्लीहिलको विकासमा सरोकारवालाको जोड