हास्य व्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्स भएर स्वतन्त्र भएको उपलक्ष्यमा वार्षिकोत्सव मनाउने भएकी छन् ।
गजुरेलसँग गत वर्ष डिभोर्स गरेकी उनले आफ्ना शुभचिन्तकहरुलाई चियापानमा उपस्थित हुनका लागि निम्तो दिएकी छिन् ।
उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् । उनले ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।
मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।