एजेन्सी । सन्दीप लामिछानेले बिग ब्यास लिगमा आफ्नो दोस्रो खेलमा पनि शानदार प्रदर्शन गरेका छन् । हाल मेलबर्न स्टार्ससँग आबद्ध रहेका सन्दीपले होबार्ट हरिकेन्सबिरुद्ध ३ विकेट लिन सफल भएका हुन् ।
४ ओभर बलिङ गर्दै सन्दीपले मात्र २४ रन खर्चेर ३ विकेट लिएका हुन् । यस क्रममा उनले ९ डट बल दिएका थिए ।
उनले म्याथ्यु वेड, बेन म्याकडर्मोट र एलेक्स डुलानलाई आफ्नो शिकार बनाए ।
पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए ।