पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको जारी बैठकले नेकपाको तल्लो तहसम्मको एकता टुङ्ग्याउने बताएका छन् । भरतपुर महानगरपालिका २३, जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै प्रचण्डले जारी बैठकबाटै नेकपाको तल्लो तहको एकीकरण टुङ्गो लगाउने जानकारी दिए । प्रचण्डले स्थायी कमिटीको बैठकमा बिशेषगरी सरकारको काम पनि प्रभावकारी गर्नेमा केन्द्रित रहेको बताए ।
चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनु भएका प्रचण्डले जगतपुर र माडी क्षेत्रको मुख्य समस्याका रुपमा रहेका जङ्गली जनावर र बाढीको समस्या समधान गर्ने गरी परियोजना बढाउन लागिएको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदी गौरवको विषय भए पनि यहाँका बासिन्दालाई समस्याको रुपमा खडा भएको प्रचण्डको भनाई छ ।
दुबै समस्या समधान गर्न राप्ती र नारायणी नदीमा तटबन्धसहितको रिङ्रोड निर्माणका लागि डिपिआर तयार भइरहेको भन्दै उनले बहुबर्षीय योजनासहित काम आगाडि बढ्ने बताए । ‘ठोरी माडी हुलाकी सडक निर्माण गर्दा माडीको समस्या समधान हुन्छ’ उनले भने, ‘रिउ खोलामा तटबन्ध पनि हुने गरी हुलाकी सडकको डिपिआर निर्माणको काम अघि बढिरहेको छ । यसले माडी क्षेत्रको जङ्गली जनावर र बाढीको खतरा हराएर जान्छ ।’ अध्यक्ष प्रचण्डले अबको ४ बर्षभित्र चितवनका मुख्य बाटाहरु पिच हुने दोहो-याए ।
अध्यक्ष प्रचण्डले नेकपाको दुईतिहाई सरकारले सैद्धान्तिक शिक्षालाई कम गर्दै प्राविधिक र व्यावसायिक शिक्षालाई ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको बताए । नयाँ सविधानले मौलिक अधिकारी सम्बन्धी शिक्षा, स्वास्थ्य, रोजगारी नपाए अदालतमा गएर मुद्दा दिन सक्ने व्यवस्था गरेको औंल्याए । अदालतले बेरोजगारी, शिक्षा र स्वास्थ्यबाट बञ्चितको पक्षमा फैसला गर्ने प्रावधान संविधानले गरेको जानकारी दिए ।