बागलुङ, ३० साउन – चलचित्र बृन्दाबनमा अभिनय गरेकी शिल्पा पोखरेलले सर्वसाधारण दर्शकलाई दर खुवाउने भएकी छिन् । चलचित्रको प्रचार प्रशारलाई गति दिने उद्देश्यले बृन्दाबन युनिटले १३ भदौमा भृकुटी मण्डपमा तीज विषेश कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा चलचित्रकी नायिका शिल्पा पोखरेल लगायत अन्य गायक गायिका पनि सहभागी हुने भएका छन् । शोभा त्रिपाठी, मुना थापा मगर, सिन्धु मल्ल, जुना प्रशाई लगायतका कलाकार जम्मा भएर तीज गीत गाउनुको साथै दर दर खुवाउने कार्यक्रम रहेको निर्माताद्धय रुद्र खनाल र कमल जीसीले संयुक्त रूपमा बताए ।
रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दाबन १७ भदौदेखि मुलुकभर प्रदर्शनमा आउने भएको छ । यस चलचित्रका लेखक निर्देशन राजबहादुर साने हुन् । चलचित्रमा किशोर खतिवडा, शिल्पा पोखरेललगायतको मुख्य भुमिका छ ।
Previous Articleनेविसंघको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग
Next Article माओवादीले पाँचमन्त्री सहित चार राज्यमन्त्री छान्यो