मलाइका अरोरा र अर्जुन कपुरको अफेयर चर्चा लगातार भइरहेको छ । अक्सर, यी दुई एकसाथ डिनर गर्छन् । यहाँसम्म पनि ‘इन्डियाज गट ट्यालेन्ट’ सोमा अर्जुन गएका थिए, जहाँ उनले मलाइकाको हात समातेको देखिएको थियो ।
अफेयरलाई लिएर भइरहेको हल्लापछि अब मलाइका आफैँ बोेलेकी छिन् । मलाइकालाई जब अर्जुनसँगको सम्बन्धबारे सोधियो, उनले भनिन्, ‘म ब्यालेन्स गर्न जान्दछु र जब मैले नभन्नुपर्ने कुरा छ भने त्यही भनिदिन्छु ।’ सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक–पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेटाएका थिए । अर्जुनले उनीहरूको सम्बन्धलाई न खुलेआम स्विकारेका छन् न त अस्वीकार नै गरेका छन् ।
मलाइका र अरबाज २०१६ मा अलग भएका थिए । जब मलाइकालाई सोधिएको थियो कि उनले कसरी सम्बन्ध व्यवस्थापन गरिन् ? उनले भनेकी छिन्, ‘मेरा साथी, परिवार र योगाले त्यो समयमा मलाई यी कुरा दिए ।’ मलाइका ‘इन्डियाज गट ट्यालेन्ट’को जज पनि हुन् । एजेन्सी