अहिले वर्तमान सरकार सञ्चालन गरीरहेको ठूलो दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटिको बैठक चलि रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठक पनि चलि रहेको छ । दुई ठूला दलको मुख्य बैठक चलिरहँदा राजनैतिक संस्कार र जिम्मेवारीको विषयमा भने गम्भीर कुरा उठी रहेकै छ । राजनीतिक दलहरुमा राजनैतिक संस्कार हुन आवश्यक छ । कुनै पनि पार्टीले आफ्ना विरोधीको विरोध मात्र नगरेर उनीहरुको सम्मान अनि हैसीयतको पनि हेक्का राख्ने सवाल त छ नै आन्तरीक अनुसासन पनि हुन जरुरी छ । जब सम्म कुनै पनि दल वा समूहको नेतृत्वमा रहेका व्यक्तिहरुमा आफूमा अनुसासन त चाहिन्छ नै त्यस पछि संस्थागत अनुसासनको पनि निकै ठूलो महत्व र आवश्यकता हुन्छ ।
दुई ठूला पार्टीको कोर टिमको बैठक चली रहँदा मिडियामा आएका कुराहरुलाई हेर्ने हो भने राजनैतिक दलमा भएको राजनैतिक संस्कार के कस्तो रहेछ भन्ने कुरा उदाङ्गो भएको छ । नेपाली काँग्रेसको महासमीति बैठक चलिरहँदा महासमिति सदस्यहरुले चर्को स्वरमा विरोध जनाए । त्यसलाई साम्य पार्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले निकै प्रयास गरे तर होहल्ला साम्य नभएपछि आफै बड्बडाउँदै बाहिरीए । पार्टी नेतृत्वमा रहेका सभापति देउवाले समेत साम्य पार्न नसकि आफै मुर्मुरीदै बाहिरीन पर्ने सम्मको अवस्था आएपछि राजनैतिक संस्कार र अनुसान के रह्यो र अब । त्यस्तै नेकपाको स्थायी कमिटिमा भने सदस्यको बोल्ने क्रम जारी छ । त्यहाँ पनि नेतृत्वलाई सत्तोसराप हाल्दै गरेको कुरा बाहिर आएका छन् । अध्यक्ष वा पिएम के हुने भन्ने सवाल देखि शंकर पोखरेलले आफ्नो मुख्य मन्त्री पद छोड्ने तर पार्टी जिम्मेवारीबाट हात नहटाउने सम्मका अभिव्यक्ती पनि आए ।
जब सम्म नेतृत्वको सम्मान अनि नेतृत्वले आफ्नो जिम्मेवारी बोध गर्दैन तब सम्म कहिँ कतै पनि विकास र विस्तार हुनै सक्दैन । राजनैतिक रुपमा पनि यो तथ्य लागु हुन्छ र हुनै पर्छ । नेकपाका स्थायी कमिटिका नेताहरुले नेतृत्व प्रति आगो ओकले पनि उनीहरुमा केही हद सम्म भएपनि राजनैतिक संस्कार अर्थात् अध्यक्षीय पद्धतीको पार्टीमा अध्यक्ष बोल्दै गर्दा अरुले सुन्ने र अध्यक्षको आग्रहमा चुप बस्ने वा अन्य गरेको भन्ने गरिन्छ । तर पनि त्यो यथार्थ हो या होइन भन्ने कुरा थाहा पाउनलाई अहिलेको स्थायी कमिटि सकिनै पर्छ । त्यस्तै नेपाली काँग्रेसको महासमितिले त देउवालाई बैठकहल नै छाडेर मुर्मुरीदै निस्कनै पर्ने अवस्था सृजना भएकोले अब देशका दुई ठूला दलहरुको नेतृत्वमा राजनैतिक अनुसासन हुन आवश्यक देखियो । आफ्नो राजनैतिक तथा व्यवहारीक संस्कार र अनुसानस भए नै अरुलाई पनि भन्न सजिलो होला । दलहरुको जय होस ।