समाधान कहिले निस्कन्छ भन्ने यदि थाहा हुन्थ्यो भने कसैले पनि समस्या सृजना गर्न तर्फ लाग्दैनथ्यो । कुनै पनि समस्या अनि त्यसका लागि समाधानको उपायका पछि लाग्ने र समाधान गर्ने जो कसैको पनि चाहना हुन्छ नै । जबसम्म कुनै पनि समस्या सृजना हुँदैन तबसम्म त्यसको समाधानको उपायका बारेमा त कसैले पनि सोच्दैन त्यो स्वभाविक नै हो तर अहिलेको वर्तमान समयमा हेर्दा समस्या सृजना गर्ने र त्यसलाई समाधान गर्न तर्फ लाग्नेदेखि लिएर अन्य धेरै चीजहरु छन्, आफूले कुनै समय गरेका कामकै कारणले गर्दा समस्या हुने पनि गर्दछ । कुनै समयमा आफूले चालेको सही कदम नै भएको भए पनि त्यसले कालान्तरमा फरक प्रभाव देखिने र त्यसले फरक असर देखाउन पनि सक्छ । यस्तै तत्कालिन समयमा निकै दमदार कार्य गरेका तर कालान्तरमा गएर फरक भूमिका देखिएका एक व्यक्ति हुन् तुलसी गिरी ।
मङ्गलबार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका तुलसी गिरी तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हात लिँदाका बखत मन्त्रीपरिषद्का उपाध्यक्ष भएका थिए । त्यही समयमा उनले निर्वाह गरेको भूमिकालाई लिएर नेपालमा लामो समयसम्म विरोध र चर्चा दुबै भयो तर पनि तुलसी गिरी नेपाल राज्यका लागि निकै राम्रो कार्य गर्ने प्रधानमन्त्री मध्येका एक थिए । मङ्गलबार निधन भएका राप्रपाका नेता गिरीको बुधबार काठमाडौंस्थित पशुपति आर्यघाटमा आम सर्वसाधारणका रुपमा अन्त्यष्टि गरिने छ । पूर्व प्रधानमन्त्री गिरीलाई राजकीय सम्मान दिनु पर्ने थियो तर किन दिइएन भन्ने सवालको पछि जवाफ आउँदै गर्लान् तर पनि अहिले राप्रपा अध्यक्ष कमल थापाले सरकारसँग गुनासो पनि गरे । कलेजोको क्यान्सरबाट ग्रसित गिरीको समर्थन र विरोधमा निकै जमात भए पनि उनको अन्यष्टिमा कुनै तामझाम भने भएन ।
राज्यको बागडोर सम्हालेका पूर्व प्रधानमन्त्री गिरीको आज बुधबार पशुपति आर्यघाटमा विद्युतीय सवदाहमा अन्त्यष्टी हुने छ । वर्तमानमा रहेका नेतृत्वले पनि आफूले गरेको कामको भोलिको समयमा विरोध हुने खालका काम नगर्नु नै उचित हुन्छ । राजाले सत्ता हातमा लिएको समयमा आएर मन्त्रिपरिषद्को उपाध्यक्ष हुनु नै गिरीका लागि दुर्भाग्य बन्यो त ! त्यसो त होइन तर पनि अब देशले सम्झने त पक्का छ । तर राजकीय सम्मान भने उनको शवले पाउने भएन । त्यसका लागि पनि दुःख मनाउ त गर्लान् तर त्यसको अर्थ कति लाग्ला त? भोलिको समयले पक्कै पनि देखाउने छ । देशको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री गिरीप्रति हार्दिक श्रद्धासुमन !