मुम्बई ।
प्रवासी नेपाली श्रमजीवी संघ भारत र अन्तर्राष्ट्रिय नेपाली बिश्वकर्मा समाज भारत द्वारा आयोजित अन्तर नेपाली भलिबल प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम १३/ १४ डिसेम्बर मुम्बईको दादर विभागको शिवडी प्रबोधनकर ठाकरे मैदानमा भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका पदाधिकारीहरु ईन्द्र बहादुर सिंह बिश्वकर्मा , प्रविण सिंह बिश्वकर्मा , कमल सिंह ओड , झपट एल. सिंह राजेन्द्र थलारी , लाल सिंह देवकर , भिम सिंह लगायतकाको सहभागी रहेको थियो । उक्त कार्यक्रममा मुम्बईका १४ वटा टिमको सहभागिता रहेको थियो ।
खेलमा प्रथम पुरस्कार भारु- २५,०००। पच्चीस हजार द्वितीय पुरस्कार भारु- १५,०००। पन्द्र हजार, तृतीय पुरस्कार भारु- ७,०००। सात हजार थियो। खेलमा बेस्ट खेलाडीलाई भारु २००० पुरस्कार सहित सम्मान गरियो । रेफरी र टिम कप्तानलाई भारु ५०००को दरले पुरस्कृत गरियो । खेल भब्यताको साथ सम्पन्न भएको थियो ।
खेलकुदको बिच बिचमा सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । कार्यक्रममा मुम्बईमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्तिथि रहेको संस्थाका सदस्य प्रविण सिंह बिश्वकर्माले बताए ।