सुप्रसिद्ध टीभी कार्यक्रम द कपिल शर्मा शो फेरि एकपटक दर्शकहरूलाई हसाउन र मनोरञ्जन गर्नका लागि आउने भएको छ ।
शोको दोस्रो प्रोमो सार्वजनिक भइसकेको छ । सोनी च्यानलले आफ्नो ट्विटर ह्यान्डलबाट यसलाई सार्वजनिक गरेको हो ।
प्रोमो हेर्दा कपिल पूरै तयारीका साथ फर्केको देखिन्छ ।
प्रोमो एपिसोडमा सारा अली खान र रणवीर सिंह फिल्म सिम्बाको प्रमोसनका लागि पुगेका छन् । कपिल र किकूको केमिस्ट्री एकपटक फेरि हसाउनका लागि तयार देखिन्छ ।
कपिलका प्रशंसक र सामान्य दर्शकले समेत शो शुरू हुने व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
एजेन्सी