नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संसद कर्मचारीको बदमासीले तनाव झेल्नुपरेको तथ्य बाहिर आएको छ । आफ्नो कठमाडौंमा घर रहेको फारम भरी जानकारी गराउँदासमेत घरभाडा बैंकमाजम्मा गरेर संसद कर्मचारीले तनाव दिएका हुन ।
काठमाडौंमा घर रहेर पनि घरभाडाको रकम लिएको सूचीमा परेपछि नेता भट्राईले संसद कर्मचारीको असावधानी भन्दै फिर्ता गर्ने घोषणा गर्नुभएको छ । घर हुनेले सुबिधा नलिन संसद सचिवालयले कुनैपनि सांसदलाईजानकारी गराएको छैन । सोही कारण थुप्रै सांसद चरित्र हत्यामा परेका छन ।
भट्टराईले पनि कर्मचारीको बदमासीले आफस् तनावमा परेको प्रष्ट पार्नुभएको छ ।
‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु,’ भट्राईले बिज्ञप्तीमा भन्नुभएको छ ।
उहाँले संसद कर्मचारीले जानकारी नगराउँदा आरोपकोसामना गर्नुपरेकोमा दुख ब्यक्त गर्नुभएको छ । ‘संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु, र भाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु। ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।
उहाँले आचरणबिपरितका काम आफूबाट नहुने प्रतिवद्धता पनि जनाउनु भएको छ । लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, भट्रईले भन्नुभएको छ ।
यस्तो छ भट्टराईको बिज्ञप्ती
२०७५ मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।
संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।
घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु। ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।
लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
खोजपत्रकारिता केन्द्र, कान्तिपुर दैनिक तथा पत्रकार मकर श्रेष्ठले हामीलाई सचेत गराउँदै जनतालाई सुसूचित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।