भारतको कोलकत्तामा ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो । कारबाट सुनका ३३ वटा बिस्कुट बरामद भएको हो ।
कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरेपछि घटना बाहिर आएको हो । भारतीय अधिकारीहरुले बरामद गरेको सुन र नेपाली नागरिकका विषयमा जानकारी गराएको हुन् । सुन नेपालबाट भित्रिएको हुनसक्ने भारतीय पक्षको जानकारी पछि नेपालका अधिकारी समेत अनुसन्धानमा जुटेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघको पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराईरहेको छ । नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुनसक्ने भन्दै अनुसन्धान थालेका हुन् ।