बागलुङ, ७ कात्तिक – २०७२ सालको भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको चौथो दिन शनिबार ४४ लाख ९२ हजार ९ सय १० रुपैयाँ संकलन भएको छ ।
महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार, उल्लेखित रकममध्ये ६ लाख १२ हजार ५ सय ७५ नगद, ३८ लाख १ हजार वाक्दान, दानपात्रबाट ४४ हजार २ सय ३५ र धान बिक्रीबाट ३५ हजार एक सय रहेको छ । वाक्दान गर्नेहरुमा बागलुङ क्षेत्र नम्बर १ का सांसद चम्पादेवी खड्काले सांसद क्षेत्र विकास कोष क्षेत्र नं. १ बाट १३ लाख, प्रदीप शेरचनले १२ लाख ५१ हजार र ईश्वरजंग राजभण्डारी/युवराज राजभण्डारीले १२ लाख ५० हजार वाक्दान गरेका छन् ।
महायज्ञमा पूर्वविद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम पनि सम्पन्न भएको छ । पुर्नमिलन कार्यक्रमका संयोजक बाबुलाल शाक्यका अनुसार, ३९ सालदेखि ४४ साल सम्मका विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम गरिएको थियो । शनिबार भएकाले भक्तजनहरुको उल्लेख भीड लागेको विद्यालय जानकारी दिएको छ ।
Previous Article७ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article ई–लाईब्रेरीको औपचारिक शुरुवात