महिला र पुरुष दुवै सुन्दर देखिन चाहन्छन् । सुन्दर देखिने चक्करमा धेरै मानिस कृत्रिम उपचारको सहायता लिन्छन् ।
तर कृत्रिम उपचारले अनुहार बिगार्न पनि सक्छ । यसको साइड इफेक्ट धेरै हुन्छ ।
रेचल न्यापियर नामक २९ वर्षीया बेलायती महिला कृत्रिम उपचारको शिकार बनिन् । उनले आफ्नो ओठ अलिकति मोटो बनाउने चक्करमा इन्जेक्सन हान्दा ओठ सुन्निएर दुईगुणा मोटो भयो । माथिल्लो ओठ सामान्यभन्दा तीन गुणा मोटो भइदियो ।
महिलाले ब्युटिसियनलाई यसको जानकारी दिइन् । तर ब्युटिसियनले ओठमा बरफ राखेर सेक्न सुझाव दिइन् । तैपनि ओठ झनै सुन्नियो । अनि महिलालाई अस्पताल लगियो ।
पछि लन्डनको एक क्लिनिकले उनको उपचार ग¥यो । उपचारको ७२ घन्टापछि महिलाको ओठ सामान्य आकारमा आयो ।
यो दुर्घटनापछि महिलाले कसैलाई पनि बोटोक्स नगर्ने सल्लाह दिन थालेकी छन् ।
एजेन्सी