नेपालको धौलागिरि अञ्चल लोक संगितका लागि निकै उर्भर भूमिका रुपमा लिइन्छ । अहिलेको प्रदेश नम्बर ४ मातहत रहेका म्याग्दी पर्वत बागलुङ जिल्ला लोक संगितको क्षेत्रमा निकै उर्भर भूमि हो । विष्णु खत्री, खड्ग गर्बुजा, कृष्ण जि.सी.लगायतका अग्रज कलाकार उत्पादन गरेको यो क्षेत्रले पछिल्लो समय दिपक शर्मा जस्ता चर्चीत संगितकारहरुको पनि क्षमता देखाएको छ । अहिले त्यस्तै कलाको क्षेत्रमा लागेका एउटा कलाकार हुन दुर्गा विरही । बागलुङ दमेकमा आज भन्दा ३० वर्ष अगाडी जन्मीएका दुर्गा विरहीले अहिले गित संगितको सबै बिधामा एकसाथ कदम बढाएका छन् ।
बाबा पतिराम र आमा हरिकलाका कान्छा छोरा दुर्गाका तीन दाजु र दुई दिदी रहेका छन् । सानै उमेरमा बाबा आमा गुमाएका दुर्गा पछिल्लो समय शब्द÷लय संकलन तथा गायन अनि निर्देशनमा पनि निकै सक्रिय रहेका छन् । करिब ३ दर्जन गितको लय तथा शब्द संयोजन गरेका दुर्गाले तीन दर्जन भन्दा बढी गितको म्युजिक भिडियोको निर्देशन समेत गरीसकेका छन् । दुर्गाले स्वर दिएका ३० भन्दा बढी गितले बजारमा राम्रो प्रभाव जमाइरहेका छन् । दुर्गा विरहीको साइँलो बोलको गित चलेको गित हो भने उनका यो ज्यान फिरि हो, रोदीमा झरियो जस्ता गित उनको स्वरले सजिएको यथार्थपकर गित हो ।
गीत संगीतले कहिले रुहाउछ त कहिले हसाँउछ कहिले टोलाउने गराउछ त कहिले नचाउछ। गीत संगीत औषधिको रुपमा लिने दुर्गा बिरहिले धेरै गीत आफ्नै रचनामा तयारी पारेका छन् । पछिल्लो समय कलाकारहरु टिक्नका लागि स्टेज सो बाहेक अन्य उपाय नभएको जस्तो समय चलिरहेको बेलामा दुर्गाका गितहरुले भने स्टेजमा दर्शकलाई मोहीत बनाउने काम नै गरेको छ ।
दुर्गा विरहीलाई संगितको मुल भन्न मिल्ने नमिल्ने दर्शक श्रोताको भागमा छाड्न पर्छ । उनले निर्देशन, गायन, मोडलीङ गर्नुका साथै शब्द तथा लय संकलनका साथमा स्वर पनि दिने गरेका छन् ।