राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।