एकीकृत राष्ट्रवादीका अध्यक्ष तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा आयोजित डिनर बहिष्कार गर्ने घोषणा गरेका छन् । युनिफिकेसन चर्चको बजारीकरणका लागि गरिएको कार्यक्रम भन्दै उनले बहिष्कारको घोषणा गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै डा. लोहनीले चर्चको भेलामा सरकार संलग्न हुनु दुभाग्र्यपूर्ण भएको पनि बताएका छन् । आफ्नो पार्टी यो अभियानमा सहभागी नहुनेसमेत उनले घोषणा गरेका छन् ।
‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीकरणका लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतीलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य हो,’ डा. लोहनीले लेखेका छन्, ‘नेपालका लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्ने र उक्त चर्चका इसाई पादरीबाट नेपालका ठूलाबडाका दम्पतीसहित आशीर्वाद लिने काममा सीमित रहेको देखिन्छ ।’
‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड खर्च गरि हिस्सेदार बनेर हिन्दू र बुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थ हिन हो,’ लोहनीले भनेका छन् ।