चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।
काठमाणडुमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोर बिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।
यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको गरेको थियो । तर पनि सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरु सञ्चालनमा रहेका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।
जोर बिजोर प्रणालीको अवज्ञा गर्न भन्दै युवाहरु सडकमा उत्रिएका थिए ।