गण्डकी प्रदेशका सामाजि कविकास मन्त्री नरदेवी पुनले बेरोजगारी र आर्थिक अवस्था कमजोर भएका कारण हिंसाका घटना धेरै भएको भन्दै प्रदेश सरकारले आर्थिक सशक्तिकरणका कार्यक्रमलाई जोड दिएको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १३ गते कास्कीको पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानवअधिकार अवस्था विषयकअन्र्तिक्रया कार्यक्रममा मन्त्रीपुनले सो कुरा बताउनु भएको हो । आर्थिक सशक्तिकरण संगै नैतिक शिक्षा र कानुनको पालनाले मात्रै समानताल्याई मानवअधिकार मैत्री समाजनिर्माण हुने बताउँदै राष्ट्र विकास राज्यको दायित्व संगसंगै नागरिकको कर्तब्य समेत भएकोले सरकारलाई साथदिनु नागरिकको कर्तब्यभएको बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यन्यायधिवक्ता राजेन्द्र घिमिरेले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनले प्रदेश सरकारलाई योजनानिर्माणका लागि मार्ग निर्देशनगर्ने बताउँदै हाल प्रदेशका समस्याको तत्काल सुनुवाई गर्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । सो कार्यक्रममार्फत आफ्ना समस्या सिधै टेलिफोन मार्फत गण्डकी प्रदेशका मुख्य मन्त्रीलाई जानकारी गराउन सकिने जानकारी दिँदै घिमिरेले प्रदेश सरकार मानवअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रम्मा नेकपा कास्कीका प्रतिनिधि तेजनारायण अधिकारीले हरेक घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्नु पनि राज्यको दायित्वभएको बताउँदै घटनाका दोषीलाई समयमै कारवाही नगर्दा अपराधका घटना बढ्नेमाजोड दिए । नेपाली कांग्रेस, कास्कीका प्रतिनिधि उमेशराज पराजुलीले असुरक्षित गर्भपतनत आत्महत्याका समस्या दिनानुदिन बढ्दै गएको बताउदै न्युनीकरणका लागि प्रदेश सरकारले योजना बनाउनु पर्ने बताउनुु भयो । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्री अधिकारीले पछाडी परेको वर्गलाई मुलधारमा ल्याएमात्रै समाज मानवअधिकार मैत्रीबन्नेमा जोड दिनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपक जंगध्वज कार्कीले महिला र बालबालिका संग सम्बन्धित घटना बढिरहेको भन्दै समाजमा रहेका घटनाको कारक तत्वको खोजीभएमा समस्याको निदानगर्न सहजहुने बताउनु भयो । मानवअधिकार मैत्री समाजका लागि नीति निर्माण र बजेटको सहि पालना हुन आवश्यक रहेको बताउँदै कार्कीले ब्यक्ति वा समुहआफुले प्राप्तगर्ने अधिकारका बारेमा जानकार हुन पनि आवश्यक रहेको बताउनु भयो । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष बिष्णु बरालले सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा सबै समेटिए मात्रै नयाँयुगको उदयहुन सक्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले गत जनवरी देखि हालसम्म गण्डकी प्रदेशको मानवअधिकारको अवस्था विषयक सामाग्री प्रस्तुत गर्नु भएको थियो । संयोजक खकुरेलले जनवरी २०१८ देखि हालसम्म इन्सेक पोखरा कार्यालयले गण्डकी प्रदेश अन्र्तगत भएका मानवअधिकार हनन तथाज्यादती सम्बन्धी ५ सय ३६ ओटा घटना अभिलेख गरेको जानकारी दिँदै यस अवधिमा राज्य पक्षबाट भएका घटनामा ७२ जना र गैरराज्य पक्षबाट भएका घटनामा ५ सय ४० जना गरी कुल ६ सय १२ ब्यक्ति पीडित भएको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाविषयक स्थितिसुचक समेत सार्वजनिकगरि नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ कालागि इन्सेक गण्डकी प्रदेशले अभिलेख गरेका मानवअधिकार तथाज्यादति सम्बन्धी घटनाका बारेमा समेत छलफल गरिएको थियो ।