काठमाण्डु महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।
यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाण्डु उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याए ।
उानले भने, ‘विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।’
यातायात व्यावसायी भेषबहादुर थापाले काठमाण्डुका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुलडीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी गराए ।
सुन्दर यातायातले अबको दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारीसमेत गरेको थापाले जानकारी गराए ।