बागलुङ, ४ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी मसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन भइरहेको प्रयासको समर्थन गरेको छ ।
महामन्त्री मोहनबिक्रम सिंहले जारी गरेको बिज्ञप्तिमा कार्कीलाई महाअभियोग लगाउनेबारे संसदमा दर्ता भएको प्रस्तावप्रति ऐक्यबद्धता प्रकट गरेको छ । मसालको बिज्ञप्तिमा भनिएको छ कि जनआन्दोलन दवाउन कार्कीले खेलेको भूमिका तथा रायमाझी आयोगले समेल भविश्यमा सार्वजनिक पदमा रहन अयोग्य ठहर गरिसकेको व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्त गरेकोमा त्यतिबेलै हामीले बिरोध जनाएका थियौं ।
कार्यकालमा रहँदा उनले गरेका गैरजिम्मेबार कामहरु तथा सर्बोच्च अदालतको म्याद पुर्जि तामेल गर्ने काममा पुर्याएको अवरोधकै कारण उनी अख्तियार प्रमुखजस्तो पदमा रहन अयोग्य देखिएको मसालको ठहर छ । मसालले उनीबिरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न सबै सांसदहरुलाई अपीलसमेत गरेको छ ।
Previous Articleकार्की निरंकुश नै भएका थिए-कांग्रेस सभापति देउवा
Next Article नेपालको इतिहासमा माथवरसिंह थापा