वैज्ञानिकहरूले पक्षघात भएका व्यक्तिलाई सहजै काम गर्न मिल्ने प्रविधि विकसित गरेका छन् ।
अमेरिकाको प्रोभिडेन्स भेटरन अफेयर्स मेडिकल सेन्टर, म्यासाचुसेट्स जनरल हस्पिटल र स्ट्यानफोडए विश्वविद्यालयका वैज्ञानिकहरूले प्लस वन म्यागजिनमा यो अध्ययन प्रकाशित गरेका छन् ।
यस डिभाइसमा ब्रेन कम्प्युटर इन्टरफेस टेक्नोलोजी प्रयोग गरिएको छ । यसको सहायताले पक्षघात भएका मानिसले सोचेको भरमा ट्याब्लेटमा सन्देश टाइप गर्न सक्छन्, भिडियो हेर्न सक्छन्, गेम खेल्न सक्छन् अनि पियानो बजाउन
सक्छन् । मस्तिष्कमा सानो चिप लगाएको भरमा यो सबै कुरा हुन्छ ।
वैज्ञानिकहरूले पक्षघातबाट सताइएका तीन व्यक्तिमाथि यसको परीक्षण गरे । उनीहरूको मस्तिष्कको मोटर कोर्टेक्समा सानो चिप लगाइयो जसमा १०० इलेक्ट्रोड र्थि । तिनले कम्प्युटरलाई संकेत पठाउँथे ।
चिपले प्रयोगकर्ताको दिमागमा चल्ने कुरा र विद्युतीय गतिविधिलाई चिन्छ र कम्प्युटरमा पठाउँछ । त्यसपछि कम्प्युटरले डिभाइसलाई कमान्ड दिन्छ ।
चिपको सहायताले इमेल, च्याट, युट्युब भिडियो हेर्न र अन्लाइन शपिङ गर्न सहज हुनेछ । एक व्यक्तिले डिजिटल एपको सहायताले पियानो बजाएर पनि देखाए ।
अनुसन्धानले के पनि देखायो भने चिपको सहायताले पक्षघात आक्रान्त मानिस प्रत्येक मिनेट मेसेजका ३० शब्द टाइप गर्न सक्छन् ।
एजेन्सी