द कालरात्री व्याण्डको पहिलो म्युजिक भिडियो डक्कीनी मोरी क्रियटिभ मिडिया प्रोड्क्सनको युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
म्याग्दी जिल्लामा २००७मा स्थापना भएको कालरात्री व्याण्डका गायक सन्दीप श्रेष्ठको स्वरमा रहेको उक्त गितमा कालरात्री व्याण्डले संगित गरेको हो। क्रियटिभ मिडिया प्रोड्क्सनका संचालक भुपेन बानियाँको निर्देशन छायाङकन सम्पादनमा निर्माण भएको भिडियोमा आरुसी पुन र निर्देश थकालीको अभिनय रहेको छ।
गितको म्युजिक कालरात्री व्याण्डले निर्माण गरेका छन । ब्याण्डमा ड्रम बिकि बिश्वकर्मा,लिड गिटारमा गणेश केसी,ब्यास गिटारमा राजु खान र ब्याक भोकलमा युके छन्तयालले गरेका छन ।
म्याग्दी र पर्वत जिल्लाको ईतिहासिक पर्यटकीय स्थलहरुलाई समेटिएको छ । “स्लो रक पप गित आजभोलि कम सुन्न पाईन्छ हामीले म्याग्दी जिल्लाबाट म्युजिकमा नयाँ सुरुवात गरेका छौ गायक श्रेष्ठले भने सबैको मायाले गित राम्रो चल्ने आशा गरेका छौ“ । म्याग्दी जिल्लाका मेला महोत्सवमा व्याण्डले मौलिक गित संगितहरु प्रस्तुत गर्ने बिभिन्न सामजिक कार्यहरु गदै आएको छ ।