मोबाइल हाम्रोेलागि अति आवश्यक साधन भएको छ । जिवनयापनको लागि नभई नहुने गास, बास, कपास, शिक्षा, स्वास्थ्य, संचार, शुरक्षा, मनोरंजन यी आधारभूत आवस्यकता हुन् । तर अहिलेको मुख्य बिसय भनेको मोबाइलको समस्या हो । मोबाइल संचारको साधन हो तर यसको प्रयोग गर्ने बानि र तरिकाले धेरै समस्या देखिन थालेको छ । यहाँ धेरैले खुलेर भन्दैनन् र भन्न पनि चाहंदैनन तर अधिकांशलाई यो समस्या नै बनेको छ । सबै भन्दा बढी समस्या अभिभाबकहरुलाई भएको छ । सामान्य भेटघाट होस् या विद्यालयमा हुने अन्तरक्रियामा होस् अधिकांस अभिभाबक यहि गुनासो गर्ने गर्दछन “पढ्दैनन् २४ सै घण्टा मोबाइलमा झुन्डिन्छन” । अझै साना साना नानिबाबुहरुलाई त खाना खुवाउदा होस् या भुलाउन होस् मोबाइल दिने गरिन्छ । । उमेर बढ्दै गए पछि त्यहि समस्या भएको छ ।
कुनै सभा सम्मेलन होस् या जमघट मान्छेहरु मोबाइल मै झुम्मिइ रहेको देखिन्छ । यसले स्वास्थ्य, सामाजिक पारिवारिक र आर्थिक रुपमा समेत ठुलो समस्या पैदा गरेको छ । मोबाइल फोन बिशेष गरि स्मार्ट फोनको उपलब्धता पछी यसको दुरुपयोग बेसरी बढेर गएको छ । एकाथरि सवाल गर्दछन यो त आधुनिक जमानामा नभई नहुने कुरा हो कसरि दुरुपयोग हुन्छ ? कसरि यसको प्रयोग रोक्न मिल्छ ? हो मुख्य कुरो यहिनेर छ । मोबाइलको प्रयोग रोक्न सकिदैन र रोक्न पनि हुदैन । संसार एउटा ग्याजेट भित्र अटाएको छ, त्यसैले यो अपरिहार्य छ । । यसको दुरुपयोगलाइ नियन्त्रण गर्ने हो ।
दुरुपयोग भन्नाले फेसबुक मात्रै चलाइरहने, यु ट्युबमा भिडियो मात्रै हेरिरहने, गेम मात्रै खेलिरहने, जतिबेला पनि मोबाइल हातमा लिइरहने, सभा सम्मेलन बैठक कार्यालय समय विद्यालय समयमा आफ्नो काम भन्दा पनि बढी मोबाइलमा ध्यान दिने यस्ता अबस्था भनेका दुरुपयोग हुन् । यस भित्र धेरै कुरा छन् उचित समयमा चाहिने कुरा, अति आवश्यक कुराकोलागी मात्रै प्रयोग गर्न सकेमा यसको सदुपयोग हुन्छ । यसको लागि जस जसलाई यो समस्या हो भन्ने लागेको छ र समस्या सिर्जना गर्ने अवस्था देखिन्छ समयमा नै यसको समाधानको उचित तरिका न अपनाए बिकारल बन्दै जाने निश्चित छ त्यसैले अभिभाबक, कर्मचारी शिक्षक आम व्यक्ति सबैले आ आफ्नो क्षेत्रबाट यसको लत र यसको दुरुपयोगबाट आफु र आफ्ना नानिबबुहरुलाई सच्याउनु जरुरि बनेको छ ।
अधिकांस विद्यालयमा अभिभावकले गर्ने गुनासो भनेको मोबाइलका कारणले पढ्न छोडे भन्ने नै हो । त्यसैले समय मै घरमा अभिभाबक र विद्यालयमा शिक्षकले सहि प्रयोग गर्ने विषयमा उचित परामर्श नथाल्ने हो भने यो बिकराल समस्या बन्ने पक्का छ । यसै बिषयमा न्यु वेष्ट पोइन्ट आवासीय माविमा कार्यरत शिक्षकहरुबीच एक अन्तरक्रिया भएको छ ।. बाल बालिकाहरुलाई कसरी मोबाइलको सदुपयोग गर्न सिकाउने, अभिभाबकहरुलाइ यस बिषयमा कसरि परामर्श गर्ने र स्वयं शिक्षक यसको प्रयोगमा सचेत हुने भन्ने बिषयमा समुहगत छलफल भएको छ । वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले यसको सहजीकरण गर्नु भएको थियो । शिक्षक कर्मचारीहरुलाई विभिन्न ५ समुहमा बिभाजन गरि मोबाइलको फाइदा, बेफाइदा, सदुपयोग कसरि गर्न सकिन्छ र यसको दुरुपयोग कसरि भएको छ, समाधान के कसरि गर्न सकिन्छ भन्ने बिषयमा समुहगत प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा भाइस प्रिन्सिपल कृष्ण जिसीले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै भन्नु भयो “अब सबै बिद्याायहरुका शिक्षकहरु सामुहिक रुपमा यसरी बसेर छलफल गर्नु पर्ने अबस्था आएको छ” उहाँले भन्नु भयो “अधिकांस विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा मोबाइलको कारण धेरै समस्या देखिन थालेको छ । समस्या छ तर कहाँबाट सरल र प्रभावकारी तरिकाले सदुपयोग सम्बन्धि जानकारी बिद्यार्थी, अभिभाबक र स्वयं शिक्षक बिचमा पुर्याउन सकिन्छ भन्ने बारेमा पहल गरिनु पर्छ ।”
अन्तरक्रिया कार्यक्रमको संचालन भाइस प्रिन्सिपल सरोज लकान्द्रीले गर्नु भएको थियो । कार्यक्रममा प्रिन्सिपल बिणा झाले शिक्षक “रोल मोडेल” हो र शिक्षण पेशा मात्रै नभएर जिम्मेवारी पनि हो, त्यसैले शिक्षक समाजको जिम्मेवार नागरिक भएकोले यस्ता बिषयमा शिक्षकले नै अग्रणी भूमिका खेल्नु पर्ने बताउनु भयो । कार्तिक २९ गते बिहिबार विद्यालय समय पछी संचालन भएको कार्यक्रम ३० गते शुक्रबार विद्यालय समय पछी पुनः निरन्तर गर्दै समुचित प्रयोगका विषयमा प्रतिबेदन पारित गर्दै समापन भएको वेस्ट पोइन्ट मिडीया हवले जनाएको छ ।
Previous Articleजिल्ला अदालतद्वारा फैसला कार्यान्वयनमा जोड
Next Article रुप्से दैनिक ! कार्तिक ३०, २०७५