
कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ – न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो ।
उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।
त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ ।
केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ ।
सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने ।