संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका विमानलाई चीन उडानको अनुमति दिन चीनका संस्कृति मन्त्री लु शुगाङसमक्ष आग्रह गरेका छन् ।
पर्यटन मन्त्रालयमा दुई समकक्षीबीच भएको छलफलमा अधिकारीले यस्तो आग्रह गरेका हुन् । मन्त्रालयका सहसचिब घनश्याम उपाध्यायका अनुसार चिनियाँ मन्त्रीले अधिकारीको प्रस्ताव चीनका सम्बन्धित निकायमा बहसका लागि प्रस्तुत गर्ने प्रतिक्रिया दिएका छन् ।
अहिले नेवानीले चीनमा कुनै पनि उडान भर्न पाइरहेको छैन तर चीनका ४ विमान कम्पनीले नेपाल उडान गरिरहेका छन् । नेवानीले ग्वाङझाउ उडानका लागि पटक पटक चिनियाँ अधिकारी समक्ष प्रस्ताव राखेपनि कुनै प्रगति हुन सकेको छैन । चीनबाट भारतपछि धेरै पर्यटक नेपाल आउने गर्दछन् ।