सरकारले नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो । गृह मन्त्रालयले उनलाई असोज २४ गते एआइजीमा बढुवा सिफारिश गरेको थियो ।
कुनै बेला नेपाल प्रहरीमा १६ जनासम्म एआइजी थिए। गत जेठमा सरकारले प्रहरीमा अप्राविधिकतर्फ तीन जनामात्र एआइजी राख्ने निर्णय गरेको थियो ।
सोहीअनुरूप गृह मन्त्रालयले भदौ २६ गते पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतलाई एआइजीका लागि सिफारिश गरेको थियो ।
तीनै जना एआइजीले गत असोज ७ गते दर्ज्यानी चिन्ह लगाएका थिए ।