हिन्दू परम्परा अनुसारका विभिन्न चाडहरुको शिलशिलेवार अबधिको बिट मार्ने क्रममा आज छठपर्व विशेषत तबरले मनाइदै छ । हिन्दू धार्मिक मान्यता अनुसार सबैसबै चिजको पुजा अर्चना गर्ने परम्परा अनुसार यस पर्वमा सूर्यदेवको पुजा आरधना गरिन्छ । तराइबासी हिन्दुहरुले प्रमुख रुपमा मनाए पनि केही मात्रामा तराइबासी मुस्लीमहरु पनि छठपर्वमा उत्साहका साथ सहभागी हुदै मनाउने गर्दछन् । दशैं अनि तिहारको बिदाई पछि आएको छठ वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृति अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।
जन्मनासाथ लगभग सतप्रतिशत बालबालिकामा जण्डीसको समस्या देखिन्छ र त्यो जण्डीसलाई निको पार्ने उत्कृष्ट उपाय भनेको सूर्यको किरण नै हो । डाक्टरी औषधि उपचार भन्दा पनि सूर्यको किरणलाई प्रत्यक्ष पारिएको खण्डमा जण्डिसको समस्या भर्खरै जन्मेका नवजात शिशुमाा कम हुने गर्दछ । यसैले पनि मानव जीवनमा सूर्यको महत्वलाई थप महत्वपूर्ण बनाएको छ । सूर्य नभएको खण्डमा ब्रह्माण्डको अस्तित्व रहन्थ्यो रहने थिएनहोला भन्ने फरक सवाल हो तर पनि हिन्दू समाजले धर्तीमा हुने जिवीत तथा निर्जीवको पुजा गर्नुका साथै आकाशमा देखिने ताराहरुका साथै सूर्य अनि चन्द्रमाको पनि पुजा गर्ने जुन सालिन प्रकृया छ त्यसले देखाउँछ यस धर्मको महत्व के हो भन्ने कुरा ।
मानव र सूर्यको सम्बन्ध के कस्तो भन्ने कुरा त हिन्दू धार्मीक ग्रन्थहरुमा उल्लेख हुने हजार जिब्रो भएको शेषनागले पनि ब्याख्या गर्न सक्नेछैनन् । किन पनि यस्तो हो भने जब मानवलाई उज्यालो अनि अँध्यारोको आवश्यकता छ त्यसका लागि सूर्यकै भूमिका हुने गर्दछ । तिहारको समापन पछि छठपर्वको रौनक बढ्छ र त्यसमा मुख्य रुपमा पुजाआरधना हुने भनेकै सूर्यदेव अनि छठी माताको । षष्ठी तिथिमा मनाइने भएकाले यस पर्वको नाम कालान्तरमा आएर छठ भएको भन्ने मान्यता पनि रहेको छ । सद्भाव अनि भातृत्वको प्रतिकका रुपमा लिइने छठ पर्व अहिले तराइ मात्र नभएर काठमाडौ उपत्यका लगायतका पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको कारणले गर्दा हिन्दू धार्म मान्ने सबै जसो अनि तराइ क्षेत्रका मुस्लिम समुदायमा पनि यसको महिमा बढ्दो छ । चार दिन सम्म मनाइने छठमा तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सद्भाव र भातृत्व प्रकट गर्दै मनाइन्छ । छठ पर्वले सबैमा शुभ ल्याउनेछ शुभकामना ।
Previous Articleप्रहरीमा नयाँ एआइजी नियुक्त
Next Article प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण