एजेन्सी – छिल्लो समय बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको निकै चर्चा चलिरहेको छ ।
भारतीय मिडियाका अनुसार बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा अब विवाहको बन्धनमा बाँधिन बाधिने भएका छन् ।
यी जोडीले अब छिटै लगन गाँठो कस्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत मंगलबार इटालीमा मलाईकाले आफ्नो ४५ औं जन्मदिन मनाउदा अभिनेता अर्जुन कपूर पनि सँगै थिए ।
मलाईका र अर्जुन जन्मदिन मनाएर सँगै भारत फर्किएका थिए । यी दुई जोडि हाल हेरक कार्यक्रम वा पार्टीमा सँगै देखिन्छन् ।