बलिउड अभिनेत्री काजोलको एक भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा बडिगार्डको सुरक्षामा घेरिएर हिडिरहेकी काजोल अचानक चिप्लिएर लड्छिन् । उनी आफूसँग हिडिरहेका गार्डको कपडा समातेर सम्हाल्लिने प्रयास गर्छिन् तर असफल हुन्छिन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भिडियो कुनै कार्यक्रमको हो जसमा सहभागी हुन काजोल जाँदैथिइन् ।
भिडियोलाई दुई घन्टा नहुँदै १० हजार भन्दा धेरै मानिसले हेरेका छन् र प्रतिक्रिया दिएका छन् ।
काजोलले इनक्रेडिबल्स २ का लागि आफ्नो आवाज दिएकी छिन् । फिल्म २२ जुन देखि फिल्महलहरुमा चल्दैछ ।