ऐश्वर्या फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् । दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा ऊ मेरो, ऊनी मेरो भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन् ।
निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताएका छन् । उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतपत्नी भएको पनि खुलासा पनि गरेका छन् ।
उनिहरुले चलचित्र ऐश्वर्या रिलिज भएपछि कोर्टम्यारिज गरेका थिए । दुई महिना अगाडि नै उनीहरूले पारिवारिक उपस्थितिमा इन्गेजमेन्ट गरेका थिए । उनिहरुको पारम्परिक विवाह भने केहि समयपछि हुने निर्देशक भट्टराईले बताएका छन् ।