एजेन्सी – यौन दुर्व्यवहार विरुद्धको अनलाइन क्याम्पियन ‘मि टु’ अभियानमा बलिउडका अधिकांश अभिनेत्रीहरुले साथ दिँदै आएका छन् । उनीहरु अभियानले पारेको प्रभावप्रति सकरात्मक छन् ।
अभिनेत्री तनुश्री दत्तदेखि गायिकाहरुले ह्यारेसमेन्टको विषयमा बोलेका छन् । प्रियंका चोपडाले पनि तनुश्री कै पक्षमा बोलिन् । अहिलेसम्म बलिडका फिल्म मेकर साजिद खान, आलोक नाथ, विकास बल, सुवास घाई, कैलाश खैरमाथि ह्यारेसमेन्टको आरोप लागेको छ ।
हालै अभिनेत्री ज्याकलिन फर्नाण्डेजले पनि मुभमेन्टको विषयमा बोलेकी छिन् । उनले फिल्मीबिटलाई भनेकी छिन्, ‘दुखको कुरा के हो भन्दाखेरी इन्डस्ट्रीमा मात्र होइन जताततै सेक्सुअल प्रेडेटर छन् ।’