काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी शनिबार आयोजना गर्ने चियापान आयोजना गर्ने भएको छ । । चियापन कार्यक्रम काठमाण्डौंको भृकुटीमण्डप बगैँचामा हुने भएको छ । यसका लागि नेकपाले पचास हजार व्यक्तिहरुलाई निमन्त्रणा बाँडेको छ ।
पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा गर्न थालेको चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।
नेपाली काँग्रेसकाे चियापान कात्तिक १६ गते
त्यसैगरी काँग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरेको हो ।
पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको गत असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको उल्लेख छ ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ ।