नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दैछ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।