पार्टी एकतापछि पहिलो पटक शनिबार हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रमको सबै तयारी करिब पूरा भएको छ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार तयारीका बारेमा बुधबार पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई सहितका केही नेताहरुले चियापान हुने स्थान भृकुटीमण्डपको निरीक्षण समेत गरेका छन् ।
विजयादशमी, दीपावली, नेपाल सम्बत तथा छठको अवसरमा आयोजना हुन लागेको चियापान कार्यक्रमका लागि करिब ५० हजार जनालाई निमन्त्रणा वितरण गरिएको नेता श्रेष्ठले बताए । उनकाअनुसार कात्तिक १० गते मध्याह्न १२ देखि ५ बजेसम्म चियापानको कार्यक्रम तय भएको छ ।