साझा यातायात प्रालिले विद्युत्तीय बस सेवा शुरू गरेको छ । बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभारम्भ गरे । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।
साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो । ती बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।
चालकसहित २० सिट क्षमताका ती गाडीमा सीसी क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन् ।
तस्बिर समाजिक सञ्जालबाट