सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिवार साँझ १ बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।