पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतवार बिहान ५ बजेको समयमा आफैं अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए