६३औं प्रहरी दिवसका अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस अन्तर्गत रहेको रक्त सञ्चार केन्द्र र बेनी अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको प्रमुख जिल्ला लीलाधर अधिकारीले उद्घाटन गरेका थिए । प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरका साथै २० जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
Previous Articleमंगलामा भूकम्पपीडितको गुनासो व्यवस्थापन
Next Article धौलागिरी सहकारीको १९औं साधारणसभा