एजेन्सी – टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कमेडियन कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ ।
मुम्बई मिररका अनुसार कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्ने भएका छन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ ।
विवाहमा उनका नजिकका साथीभाइ तथा आफन्त सहभागी हुने बताइएको छ । विवाहको कार्यक्रम पञ्जाबमा रहेको कपिलको आफ्नै घरमा हुनेछ । कपिलको विवाहमा बलिउडका स्टार कलाकारहरु पनि सहभागी हुनेछन् । पञ्जाबको विवाहलगत्तै कपिलले मुम्बईमा पनि रिसेप्सन पार्टी आयोजना गर्नेभएका छन् ।
कपिल शर्माले केही समयअघि उनकी प्रेमिका गिन्नी चतराथसँग प्रेममा रहेको खबर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।