सन्तोष थापा
पर्वत, १ कात्तिक – मुलुककै पहिलो ब्याबसायिक यान्त्रिक पुल कुस्मा –बलेवा यान्त्रिक पुल लिमिटेडले दशै १० लाख ४१ हजारु रुपैया कारोबार गरेको छ ।
केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैंको प्रतिबदा देखि पुर्णिमा सम्म ८ लाख ४१ हजार रुपैंयाको कारोबार गरेको हो ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारी अुनसार दसैंको प्रतिपदा देखि कोजाग्रत पुर्णिमा सम्म कारोबार उत्सासहजनक रुपमा भएको हो । यस पटक दसैंमा यान्त्रिक पुलबाट १३ हजार २ सय ७६ जनाले यान्त्रिकपुलबाट वारपार गरेका छन ।
गत बर्ष यान्त्रिक पुलबाट प्रतिपदा देखि कोजाग्रत पुर्णिमा सम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैंया आम्दानी गरेको थियो । यस बर्ष पनि उत्साहसजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीबी रेग्मीले जानकारी दिए ।
पर्वत सदरमुकाम कुश्मा बजारबाट वाग्लुङ जिल्लाका वेला पुग्नका लागि पैदल मार्गबाट झण्डै १ घण्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसंगै १ घण्टाको यात्रा करिब ७ मिनेटमा छोटिएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एक तर्फी भाडा १ सय रुपैंया तोकिएको छ भने, बागलुङ जिल्लाको वेलवा क्षेत्रका वासिन्दाका लागि ७५ रुपैंया तोकिएको छ । गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य समाग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । ‘गाउँमा कच्ची सडक खन्नु भन्दा यस्तै यान्त्रिक पुल र केवरकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ’ उहाँले भन्नुभयो – ‘हाम्रो जस्तो पहाडी भू–भागका लागि यो नै अति उत्तम बिकल्प हो, सरकारले यसलाई प्रर्बद्धन गर्नुपर्छ । पर्वत उद्योग बाणिज्य संघको पहलमा यान्त्रिक पुल निर्माण भएको हो ।